आईसीसीको बोर्ड बैठक आज बस्दै, फुकुवा होला त क्यान निलम्वन ?

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ११ : ५२
आईसीसीको बोर्ड बैठक आज बस्दै, फुकुवा होला त क्यान निलम्वन ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ । 
नेपाल क्रिकेट संघ (क्यान) झण्डै ४ बर्षदेखि आईसीसीको निलम्बनमा रहेको छ । आज बस्ने आईसीसीको बैठकले क्यानलाई फुकुवा गर्ने अपेक्षा नेपाली क्रिकेट जगतले गरेको छ ।

क्यानको निर्वाचन भएर चतुरबहादुर चन्द नेतृत्वको टोली आइसकेको छ । आईसीसीकै रोडम्याप अनुसार यसै वर्ष क्यानको निर्वाचन भएको थियो ।

नव निर्वाचित सचिव असोकनाथ प्याकुरेलका अनुसार अब क्यानमा विवाद नभएकाले आजको आइसीसी बैठकले क्यानलाई निलम्बन फुकुवाको प्रक्रियामा लैजाने संभावना छ ।

प्रतिक्रिया दिनुहोस