आजबाट सकियो यो वर्षको दशैं

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ०७ : ४६
आजबाट सकियो यो वर्षको दशैं

काठमाडौं । यसवर्षको वडादशैं आजबाट सकिंदैछ । हिन्दु धर्मालम्वीहरुको महान् चाड दशैंको आज अन्तिम दिन कोजागत पूर्णिमा हो । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैं सकिन्छ ।

राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे  हो ।

आफूभन्दा ठूला आफन्तहरुबाट टिका ग्रहण गरी आर्शीवाद थापेर यो वर्षको दशैंलाई नेपालीहरुले आजबाट विदा गदैछन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । 

प्रतिक्रिया दिनुहोस