यस्तो छ सीको नेपाल भ्रमण तालिका

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, ०९ : २७
यस्तो छ सीको नेपाल भ्रमण तालिका

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने छन् । सीको स्वागतका लागि अहिले राजधानीलाई भव्य तरिकाले सजाइएको छ । 

यस्तो छ भ्रमण तालिका
चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् ।

त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुनेछ ।

करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ ।

आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस