कृष्णबहादुर महरा अस्पताल भर्ना

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १३ : ४२
कृष्णबहादुर महरा अस्पताल भर्ना

काठमाडौं । वलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

प्रेसरमा समस्या आएपछि उनलाई नार्भिक अस्पतालमा भर्ना गरिएको काठमाडौं प्रहरीका एसएसपी उत्तम कुमार सुवेदीले जानकारी दिए ।
अस्पतालमा भर्ना गर्नुपर्ने वा नपर्ने चिकिसकको सल्लाहअनुसार गरिने पनि सुबेदिले बताएका छन् । विगतदेखि नै महरालाई मुटु तथा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जवरजस्ति करणी प्रयासगरेको अभियोगमा महरा प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई प्रहरी परिसर सिंहदरवारमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस