देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपडा वितरण

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, १८ : ०८
देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपडा वितरण

चितवन । दसैंको अवसरमा रमाइलो परिवार ग्रुपले देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपड़ा वितरण गरेको छ । आज शनिवार देवघाट गाउँपालिका भित्र रहेको देवघाट वृद्ध आश्रममा आज ६० हजार बराबरको लत्ताकपडा र औंषधि वितरण गरिएको छ।

भरपुरमा रहेको रमाइलो परिवार अनलाइन एप्स ग्रुपले देवघाटमा रहेको वद्ध आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई नजिकिदै गरेको नेपालीहरुको बडा दसैँको शुभकामनासहित ३४ जना वृद्धवृद्धाहरुलाई लत्ताकपडा र औंषधि वितरणसँगै खानासमेत खुवाएको छ । स्वास्थ्य शिविर र नाचगान कार्यक्रम भएको आयोजकले जनाएको छ।

रमाइलो अनलाइन ग्रुपले यो भन्दा पहिला पनि विभिन्न ठाँउमा रहेको वृद्ध आश्रम र बाल आश्रमहरुमा पनि यसरी नै सहयोग गर्दै आएको र देवघाट वृद्ध आश्रममा भने पहिलो पटक यसरी सहयोग गरेको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने रमाइलो परिवार ग्रुपका एडमिन सुदिप खनालले जानकारी दिनु भएको थियोे ।

कार्यक्रममा ३४ जना वृद्धवृद्धाहरुलाई दन्त सेवा र आफ्नो स्वस्थ्य चेकजाँच गर्नुभएको भरपुर चितवन मेडिकल कलेजका डा. दीपक सरार्फले बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस