आज सुनको मूल्यमा ११ सय रुपैयाँ वृद्धि

विहीबार, १६ असोज २०७६, ११ : ४५
आज सुनको मूल्यमा ११ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज सुनको मूल्य एकैदिन ११ सय रुपैयाँले बढेको छ । सुन प्रतितोला  ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस