कांग्रेसले सोध्यो सभामुखले राजीनामा दिएको कि कार्यवाहक सुम्पिएको ?

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १७ : ३६
कांग्रेसले सोध्यो सभामुखले राजीनामा दिएको कि कार्यवाहक सुम्पिएको ?

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको तर्फबाट यस्तो प्रश्न गरेका हुन् । 

उपसभामुखलाई सभामुखले राजीनामा दिने प्रवन्धअनुसार महराले राजीनामा दिएको भनेपनि छानविन प्रकृया नसकिएसम्मका लागि भनेकाले त्यो राजीनामा नभएर कार्यवहाक दिएको जस्तो नेपाली कांग्रेसले महसुस गरेको उनको भनाइ छ । शर्माले महराले राजीनामामा प्रयोग गरेका शव्दहरु हेर्दा राजीनामा भन्दा पनि विदेश जाँदाजस्तो कार्यवाहक दिएको जस्तो देखिएको बताए । शर्माले घटनाको छानविन गर्न एक बर्ष लाग्यो भने त्यतिबेलासम्म संसद एक बर्षसम्म सभामुखविहीन भएर बस्ने ? भन्दै प्रश्न गरे । 

नेपाली नारीहरुप्रति उच्च तहबाटै यो प्रकारको व्यवहार हुनुले नेपाली समाज कता जाँदैछ भन्ने प्रश्न उठेको प्रवक्ता शर्माले बताए । 

प्रतिक्रिया दिनुहोस