बुढीगण्डकी आयोजना नेपाल आफैंले बनाउनु पर्छ : डा. भट्टराई

मंगलबार, १४ असोज २०७६, १६ : ४५
बुढीगण्डकी आयोजना नेपाल आफैंले बनाउनु पर्छ : डा. भट्टराई

काठमाडौं । गोरखा पत्रकार मञ्चले बडादशैं, शुभदिपावली र छठ पर्वको अवसरमा मंगलबार राजधानीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना नेपाल आफैंले बनाउनु पर्ने बताएका छन् । 
बुढीगण्डकी आयोजनजालाई नेपाल आफैंले बनाउनुपर्न भनेर पत्रकारले आवाज उठाउनु पर्ने पनि उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने, ‘बुढीगण्डकी योजना नेपाल आफैंले बनाउनुपर्छ भन्ने विषयमा पत्रकारले आवाज उठाउनु पर्छ । त्यसो नगर्ने हो भने यो अलपत्र पर्ने खतरा मैले देखेको छु ।’ 
बुढीगण्डकी आयोजना गोरखा र धादिङको मात्रै नभएर देशकै महत्त्वपूर्ण योजना भएको डा। भट्टराईको भनाई थियो । जनताले स्वैच्छिक ढंगले सहभागिता जनाएर आयोजनालाई साथ दिंदा पनि सरकार गम्भिर नबनेको उनले बताए । ‘यति ठूलो परियोजनामा जनताले सहभागिता जनाएका छन् । स्वैच्छिक ढंगले नै मुआब्जा लिएर बाहिर निस्केका छन्,’ डा। भट्टराईले भने, ‘यस्त घटना कमै पाइन्छ । तर दुर्भाग्य त्यो अवरुद्ध भएर बसेको छ ।’ 
कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारी, नेकपा केन्द्रीय सदस्य चुडामणि खड्का, लेखनाथ न्यौपाने, नेपाली कांग्रसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्त, पे्रस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, मञ्चका प्रेस सल्लाहकार सुशील अर्याल, रामजी दाहाललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस