फूलपातीको अघिल्लो दिन नारायणी किनारमा मन्त्रको सांगीतिक वर्षा हुँदै

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १५ : ३९
फूलपातीको अघिल्लो दिन नारायणी किनारमा मन्त्रको सांगीतिक वर्षा हुँदै

चितवन । दार्जिलिङको रक एण्ड रोल ब्यान्ड मन्त्रको आउँदो शुक्रबार अर्थात् असोज १७ गते नारायणी किनारमा कन्सर्ट हुने भएको छ । चितवनको भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गरी कन्सर्टबारे जानकारी दिइएको हो ।

‘बीर गोर्खाली, एकान्तमा, संस्कृति, सधैं सधैं’ गीतमार्फत् अत्यधिक चर्चा बटुल्न सफल मन्त्र ब्यान्डले यसवर्ष आफ्नो २० औं वर्षगाँठ मनाउँदैछ । याक इभेन्ट्सले सो अवसरमा सबै युवालाई संगीतमार्फत्  एकताबद्ध बनाउने र ‘भिजिट नेपाल २०२०’ लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘मन्त्र लाइभ इन कन्सर्ट–२०१९’ को आयोजना गरेको हो ।

उक्त कन्सर्ट असोज ३ मा नै हुने निश्चित थियो तर मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल हुँदा पोखरामा दुर्घटनाग्रस्त हुँदा कन्सर्ट पनि सरेको हो ।

प्रतिक्रिया दिनुहोस