Safal Khabar - बलिउड अभिनेता वीजू ‘कालिया’को निधन
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
बलिउड अभिनेता वीजू ‘कालिया’को निधन
सोमबार, १३ असोज २०७६, ११ : ३५
बलिउड अभिनेता वीजू  ‘कालिया’को  निधन

काठमाडौं । बलिउड अभिनेता विजू खोटेको ७७ वर्षको उमेरमा मृत्यु भएको छ । विजू खोटे उनले शोले फिल्ममा अभिनय गरेको पात्र ‘कालिया’बाट बढी चिनिन्छन् । 

उनी सन् १९६४ देखि फिल्म क्षेत्रमा कार्यरत थिए । शोलेको अतिरिक्त उनले कयैन फिल्ममा काम गरे । तर शोले फिल्मको उनले अभिनय गरेको पात्रका भने प्रत्येक सम्बाद आज पनि चर्चित छन् । 

हिन्दी फिल्मका दर्शकले समाजिक संजालमा विजूको निधनमा उनले निभाएको कालिया पात्रको सम्झना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस