नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफुभन्दा जेठी" सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, १२ : १३
नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफुभन्दा जेठी" सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफुभन्दा जेठी " सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् ।  मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको  भिडियो निकै आर्कषित बनेको छ ।  

गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो । आजकल यस्तै खालेको माहोल छ । सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु । "मोडल तथा गीतकार मनोज सिग्देल उरेस ।

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । गीतलाई कलर समिर मियाले गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस