“बैंक पनि साथि पनि” ब्रान्डिङ्ग स्लोगनले ल्यायो एनआइसी एशियामा परिवर्तन, निक्षेप र मुनाफा बढ्दै

शनिबार, २० माघ २०७४, १० : ५०
“बैंक पनि साथि पनि” ब्रान्डिङ्ग स्लोगनले ल्यायो एनआइसी एशियामा परिवर्तन, निक्षेप र मुनाफा बढ्दै

काठमान्डौ । ‘एनआइसी एशिया बैंकको बैंक पनि, साथि पनि’ भन्ने ब्रान्डिङ्ग स्लोगनले बिगत एकबर्ष देखी नेपाली बजार तताएको छ । यसले एनआइसी एशियाको बिजनेस ग्रोथ अत्याधिक बढेको बैंकले जनाएको छ ।
गत वर्ष वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ब्रान्डिङको लागि खर्च गर्ने बैंक एनआईसी एशिया हो । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा विज्ञापनमा मात्रै १० करोड रुपैयाँ खर्च गरेको छ । यस आर्थिक वर्षमा यसको दोब्बर रकम खर्च गर्ने रणनीति बैंकको रहेको छ ।
एक वर्षदेखि ब्रान्डिङ र शाखा बिस्तारले एनआईसी एशियाको निक्षेप एक वर्षको अवधीमा ५५ प्रतिशतले बढेको छ । पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । निक्षेपमा स्वदेशी मुद्रामा १ खर्ब १४ अर्ब रुपैयाँ र विदेशी मुद्रामा ५ अर्ब २६ करोड रुपैयाँ छ । यस्तै पुस मसान्तसम्ममा १ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ भने कर्जा विस्तार एक वर्षको अवधीमा ५४ प्रतिशतले बढेको देखिन्छ । शाखा विस्तार र ब्रान्डिङको रणनीतिले नै निक्षेप र कर्जा बढेको र आगामी दिनमा मूनाफाको प्रतिशत उच्च हुदँै जाने बैंकको दाबी रहेको छ ।
यस्तै कर्जा विस्तारको हिसाबले एनआईसी एशिया तेस्रो स्थानमा छ । ऋण प्रबाहबाट ५ अर्ब ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । निक्षेपकर्तालाई ब्याज वापत ४ अर्ब तिर्दा १ अर्ब ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैकले जनायको छ । विभिन्न सेवा प्रवाह कमिसनबाट ११ करोड, विदेशी मुद्राको कारोबारबाट १२ करोड तथा अन्य संचालन आम्दानी ३० करोड छ ।
एनआईसी एशियाले पुस मसान्तसम्ममा ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । निक्षेप र कर्जा बढेपनि बैंकको नाफा भने २० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ७३ करोड नाफा कमाएको बैंकले यो वर्ष ५७ करोड रुपैयाँ नाफा कमाएको छ । यो वर्ष संचालन खर्च बढी भएको हुँदा नाफामा असर गरेको भएपनि आगामी वर्ष त्यो खर्च नहुँने हुँदा नाफा बढ्ने बैकले बताएको छ । “शाखा खोल्दा संचालन खर्च बढेको हो, सबै शाखाले निक्षेप बढाएका छन्, अर्कोवर्षदेखि खर्च कम हुने हुँदा नाफा बढ्छ” बैंकको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस