‘धुपौरे’मा देखिँदै अनमोल केसी

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, १७ : ००
‘धुपौरे’मा देखिँदै अनमोल केसी

काठमाडौं । पछिल्लो समयका स्टार अनमोल केसीको अभिनय फिल्म ‘धुपौरे’मा पनि रहने भएको छ । निर्देशक साम्तेन भुटियाले बनाउने तयारी गरेको फिल्मको मुख्य भूमिकाको लागि उनी अनुबन्धित भएका छन् । 

जेएस इन्टरटनमेन्ट र फिल्म नेपाल प्रोडक्सन मिलेर बनाउन लागेको यो फिल्मको अनमोल बाहेक अन्य कलाकार छनौटको क्रममा रहेको निर्देशक भुटियाले बताए ।

एक्सन र लवस्टोरी जनरामा निर्माण हुने फिल्मको छायाँकनका तिहार पछि सुरु हुनेछ । निर्देशक भुटियाको पछिल्लो फिल्म ‘च च हुई’ आउँदो मंसिरबाट प्रदर्शनमा आउँदैछ । भुटिया चलनचल्तीका भन्दा फरक धारमा फिल्म बनाउने निर्देशक हुन् । 

अनमोल पछिल्लो समय फिल्म ‘ए मेरो हजुर ३’ मा देखिएका थिए । झरना थापाको निर्देशन रहेको यो फिल्मबाट उनका कुनैपनि फिल्म बाहिर आएको छैन । ‘धुपौरे’को अलवा अनमोल आफ्नै होम प्रोडक्सनको ब्यानरमा बन्ने ‘एन्टी हिरो’ मा पनि देखिँदैछन् । 

प्रतिक्रिया दिनुहोस