सलमान खानलाई मार्ने धम्की

एजेन्सी

बुधबार, ०८ असोज २०७६, १६ : ०६
सलमान खानलाई मार्ने धम्की

एजेन्सी । बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन् । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  

पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् । 

यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए ।  
धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो । सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस