स्वराज भ्रमण: जसले चार दशकअघिको बिहे सम्झायो

शनिबार, २० माघ २०७४, ०८ : ०५
स्वराज भ्रमण: जसले चार दशकअघिको बिहे सम्झायो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो । स्वराज नेतृत्वको टोली मध्याह्न १२ बजे शीतलनिवास पुगेको थियो । त्यस क्रममा चार दशकअघि शीतलनिवासमै भएको भारतीय जोडीको विवाह चर्चाले वार्तामा रौनक थप्यो ।

परिचयकै क्रममा स्वराजले टोलीमा सहभागी भारतीय विदेशसचिव विजयकेशव गोखलेका बाबुआमाको विवाह शीतलनिवासमै भएको प्रसंग उठाइन् । आजको कान्तिपुरमा खबर छ ।

‘महामहिमज्यू, हाम्रा परराष्ट्र सचिवका पितामाताको विवाह पनि यही भवनमा भएको थियो,’ गोखलेसँग परिचय गराउँदै स्वराजले यसो भन्दा राष्ट्रपति भण्डारी प्रसन्न मुद्रामा देखिइन् ।

गोखलेका हजुरबुबा नेपालका लागि राजदूत छँदा उनले छोराको विवाह शीतलनिवासमा गराएका थिए । ‘मातापिताको विवाह भएको घर । मलाई कति चाँडो शीतलनिवास पुगौं जस्तो भएको थियो,’ भावविहल हुँदै गोखलेले भने ।

‘मलाई झन् खुसी लाग्यो । यहाँ हुँदा तपाईंका मातापिताको विवाह नभएको भए ?,’ राष्ट्रपतिले पनि रमाइलो ढंगलेप्रत्युत्तर दिइन्

प्रतिक्रिया दिनुहोस