जब करिनाले कोठाबाहिर नै कपडा खोलिन्...

एजेन्सी

मंगलबार, ०७ असोज २०७६, २१ : ०६
जब करिनाले कोठाबाहिर नै कपडा खोलिन्...

काठमाडौँ । बलिउड अभिनेत्री करीना कपूरले केही दिन  अगाडि मात्रै ३९ औँ जन्मदिन मनाइन् । बलिउडमा थुप्रै सफल फिल्म गरेकी कपूरले जन्मदिनको अवसरमा आफ्ना जीवनका केही निजी पाटो पनि दर्शकको अगाडि शेयर गरेकी छिन् । 

आफ्नो अफेयरदेखि गर्भवती हुँदासम्मका हरेक कुरा सामाजिक सञ्जाल तथा दर्शकको अगाडि प्रस्तुत गर्दै आएकी छिन् । 

तर उनको जीवनको बारेमा केही कन्ट्रोभर्सीको बारेमा आज पनि धेरै मानिसहरु अनभिज्ञ नै पाइन्छन् । करीनाको जीवनमा केही यस्ता विवाद सिर्जना भएका थिए जुन उनको करियरमा दाग बनेर रह्यो । 

एमएमएस लीक 
करीना कपूरको एमएमएस सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उक्त भिडियो फिल्मको सुटिङको दौरान लिक भएको थियो । उनी फिल्मको शुटिङपछि आफ्नो कोठामा जाँदै गर्दा बाहिरबाट नै कपडा फुकाल्दै गइन् । उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

करीना र शाहिदको ‘लिपलक’
करीनाको जीवनको अर्को ठूलो विवादास्पद क्षण शाहिदसँगको लिपलक हो । एउटा फिल्मको सेटमा करीनाले शाहिदलाई प्रपोज गरेकी थिइन् । त्यसपछि उनीहरुको अफेयरको हल्ला फैलियो । त्यसपछि करीना र शाहिदको एउटा भिडियो सार्वजनिक भयो । जसमा करीना र शाहिद एक अर्कालाई ओठमा चुम्बन गरिरहेका थिए  । भिडियो लिक हुने वित्तिकै शाहिद र करीनाको भिडियो आगो जस्तै फैलियो । 

तर केहि समयपछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि करीनाले सैफसँग विवाह गरिन् । अहिले उनको एकजना सन्तान पनि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस