सय रुपैयाँका नयाँ नोट बजारमा पठायो राष्ट्र बैंकले

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, १४ : ०५
सय रुपैयाँका नयाँ नोट बजारमा पठायो राष्ट्र बैंकले

काठमाडौं । नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आजबाट बजारमा पठाएको छ ।  आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ ।

दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट बजारमा प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले सङ्केत नं. ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो । 

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने मध्य भागमा पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ ।  अशोक स्तम्भको चित्र साथै 'LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA' लेखिएको छ ।

अशोक स्तम्भसँगै दृष्टि विहीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ। अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ।

७.२ मिमि चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो राखिएको छ। तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ। 

नोटको अर्कोपट्टीको मध्य भागमा अंग्रेजीमा 'NEPAL RASTRA BANK' लेखिएको। नोटको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 A.D. लेखिएको छ। 

नोटको मध्यभागको तलपट्टी अंग्रेजीमा 'RUPEES ONE HUNDRED' लेखिएको छ । नोटको मध्यभागमा एकसिङ्गे गैंडाको माउ र बच्चाको चित्र राखिएको छ । 

प्रतिक्रिया दिनुहोस