यस्तो देखियो ‘गलबन्दी गर्ल’ले पिलाएपछि...

विहीबार, ०२ असोज २०७६, १५ : ३२
यस्तो देखियो ‘गलबन्दी गर्ल’ले पिलाएपछि...

काठमाडौं– गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ । गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन् । 

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन् । विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । सम्पादन मिलन विश्वकर्माको छ । गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन् । 

भिडियो हेर्नुस् https://www=youtube=com/watch<v=8YRpobBeFyE

प्रतिक्रिया दिनुहोस