सुपर पावर बन्नका लागि विआरआई आएको होइन : प्रचण्ड

विआरआईले कुनै सैन्य गठबन्धनको पक्षपोषण नगरेको प्रचण्डको भनाई

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०७६, ११ : २०
सुपर पावर बन्नका लागि विआरआई आएको होइन : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले चिनले अगाडी सारेको विआरआई प्रोजेक्ट कुनै सुपर पावर बन्नका लागि नआएको बताएका छन् । पार्टी निकट वुद्धिजिवि संगठनले आयोजना गरेको विआरआई सँग सम्बन्धित अन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।

विआरआई परियोजना कुनै सैन्य गठवन्धनको पक्षपोषण गर्ने ढंगले नआएको वरु यो सामुहिक ढंगले शान्तिको, समृद्धि र विकास र सामाजिक सम्वन्ध र हार्दिकताको अपिलका साथ आएकोले सकारात्मक रहेको प्रचण्डको भनाई थियो ।

‘विआरआईले कुनै संन्य गठबन्धनको पोषण गरेर आएको छैन,’ प्रचण्डले भने, –‘ यो शान्तिको अपिल सहित आएको छ । विकास र समृद्धिको अपिल सहित आएको छ ।’

सडक सन्जालको मात्र नभई विआरआई परियोजनाले सञ्चार, रेलमार्ग देखिका संरचनागत विशाल परियोजना समेटेर आउन खोजेको प्रचण्डको भनाई थियो ।

नेपालले परियोजना अन्तर्गत प्रोजेक्ट छनौटमा ढिलाई गरिरहेको भन्दै प्रचण्डले ढिलाई गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस