नेपालगञ्ज विमानस्थलमा योगेशमाथी खासमा भएको के हो ?

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०७६, ०७ : ३१
नेपालगञ्ज विमानस्थलमा योगेशमाथी खासमा भएको के हो ?

काठमाडौं । शनिवार बेलुकी ७ बज्दै थियो, – नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुब्र्यवहार भयो । उनीमाथी दुब्यवहार हुनुको एउटै कारण थियो वुद्ध एयरको विमान उनकै कारण नियमित उडान समय भन्दा केही डिले हुनु ।

विमान योगेशका कारण करिव १५ मिनेट डिले भएको थियो । मन्त्री भट्टराईले पनि यो कुरा पुष्टि गरेका छन् । आफ्नै कारण प्लेन उड्न ढिलाई भएकोमा सामाजिक सन्जालमै उनले सर्वसाधारणप्रति क्षमा मागेका पनि छन् ।

तर १५ मिनेटको ढिलाईलाई मौका पर्खेर बसेकाहरुले मन्त्री भट्टराईमाथि दुब्र्यवहार गर्ने अस्त्र बनाए । उनीमाथी विमानस्थल देखि विमानभित्रै पनि केही ब्यक्तिले अशिष्ट रुपमा दुब्र्यहारको प्रयास गरे ।

त्यसको नाइके थिए, – ज्ञानेन्द्र शाही । उनीसँगै रहेका तीन जना ब्यक्तिले योगेशका कारण १५ मिनेट ढिलो भएको हवाई उडानलाई लिएर स्थिती भड्काउने अनेक प्रयास गरे, मन्त्री भट्टराईमाथि दुब्र्यवहार गरे र सामाजिक सन्जालमै समेत अपशब्द लेख्दै अर्नगल प्रचारमा उत्रिए ।

१५ मिनेट ढिलो भएकोलाई एक घण्टा ढिलाई गरेको भन्दै ज्ञानेन्द्र शाहीहरुले विमानस्थलमा योगेशविरुद्ध स्थिती भड्काउने प्रयास गरेका थिए । तर मन्त्री भट्टराईले चुपचाप बसी कुनै प्रतिवाद नगरेपछि ज्ञानेन्द्रहरुको योजना विफल भएको थियो ।

वुद्ध एयरका यात्रुहरुकै अनुसार, प्रचार गरिएको जस्तो मन्त्रीको कारण प्लेन एक घन्टा ढिलो भएको थिएन । मन्त्री शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए ।

शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका बनाई भट्टराई त्यहाँ पुगेका थिए । तर, टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट उनी फर्किन सकेनन् ।

प्रतिनिधीसभाको मन्त्रालयगत प्रश्नोतर कार्यक्रम आइतबार संसदमा थियो । सांसदहरुले मन्त्रालयका बारेमा सांसदहरुले उठाउने जिज्ञासाको जवाफ उनले आज संसदमा दिनुपर्ने थियो । सोही कारण पनि मन्त्री भट्टराईलाई हिजै काठमाडौं अनिवार्य फर्किनुपर्ने वाध्यता थियो ।

उनका सचिवालयका अनुसार, त्यसपछि नै मन्त्री भट्टराईले नेपालगन्जबाट काठमाडौं फर्किने योजना बनाए र नेपालगञ्जबाट काठमाडौं उडान गर्ने वुद्ध एयरको अन्तिम उडानबाट उनी काठमाडौं फर्किन नेपालगन्ज लागेका थिए ।

नेपालगन्जबाट काठमाडौंका लागि उडान समय थियो, ६ वजेर ४० मिनेट । ६ वजेर ४० मिनेटमा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । धनगढीबाट असाध्यै धपेडीको साथ यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ बजेर ५५  मिनेटमा मन्त्री भट्टराई नेपालगञ्ज विमानस्थल पुगेका थिए ।

त्यही बेला दरबारिया गठवन्धनका ज्ञानेन्द्र शाही नेतृत्वको सानो समुहले भट्टराईमाथि दुब्र्यवहार प्रयास गरेका थिए । सोही टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै भट्टराईमाथि अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए । 

ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किदै थिए । ज्ञानेन्द्र शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए ।

मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिएनन् । वरु मुस्कुराएरै चुपचाप वसिरहे । यद्यपी यात्रुहरुलाई आफ्नो कारण परेको असरप्रति भट्टराईले सार्वजनिक रुपमै क्षमा मागेका छन् ।

तर ज्ञानेन्द्र शाहीले यो घटना लगत्तै मन्त्रीलाई ‘रामधुलाई’ गरेको भन्दै सामाजिक सन्जलमा आफुले हो हल्ला गरेको भिडियो सहित स्टाटस लेखेका छन् । शाही पछिल्लो समयमा सरकार र गणतन्त्र बिरुद्धमा आक्रमक छन् ।

शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ भनि गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवालाई जेल हाल्ने धम्की दिदै आएका थिए ।

जुम्लाका शाही आफुलाई भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउँदै अहिले हिडिरहेका छन् । तर खासमा उनी भारतीय गुप्तचर सस्था रअबाट पैसा लिएर उनीहरुकै योजनामा हिडेका ब्यक्ति हुन् । उनको भारतीय गुप्तचर सस्थासँगको सम्बन्धका विषयमा र उनले भारतीय राजदुतहरुसँग खिचेका तस्विरहरु यस अगाडी सार्वजनिक भएका थिए ।

नेपालको परिवर्तन प्रति दुराग्रह राख्दै चिहानमा पुगिसकेको राजतन्त्रको वकालत गर्दै अहिले उनी हिडरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस