एक्सनमा असफल नम्रता

सफल खबर संवाददाता

शनिबार, २८ भदौ २०७६, १२ : ३५
एक्सनमा असफल नम्रता

काठमाडौँ । हरेक हप्तामा हलमा नयाँ फिल्म टुटेका छैनन् तर थला परेको नेपाली फिल्मको व्यापार जस्ताको त्यस्तै छ । आश गरिएका फिल्मले समेत निराशाजनक व्यापार गर्दा फिल्मकर्मीहरु चिन्तित देखिन थालेका छन् । 

सबैको आशाको त्यान्द्रो अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ माथि अडिएको थियो व्यापार । पहिलो पटक नम्रता एक्सन अवतरमा प्रस्तुत भएका कारण फिल्मलाई दर्शक अभाव नहुने अपेक्षा गरिएको थियो तर फिल्मले पनि निराशाजनक व्यापार गर्‍यो । 

वर्षौदेखि महँगो स्याम्पूले स्याहारेको कपाल मुण्डन गरिन् । तर, दुर्भाग्य ! उनको मेहनतको फल फुलेन किनकि, फिल्म नै कमजोर बनेको थियो । 

फिल्म असफल भएपछि उनको गरेको मेहनत छायाँमा पर्‍यो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ बाट वाहवाही बटुलेकी उनलाई ‘जाइरा’ को असफलताले ठूलो धक्का दिएको छ । 

प्रतिक्रिया दिनुहोस