सन्नी लियोनीको इन्ट्री हुँदा हलमा थामिनसक्नुको भीड

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०७६, २२ : २१
सन्नी लियोनीको इन्ट्री हुँदा हलमा थामिनसक्नुको भीड

काठमाडौं | नेपाली चलचित्र  ‘पासवर्ड’ को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ । फिल्म शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ । 

सो फिल्ममा आइटम डान्स गरेकी पोर्न दुनियाँ हुँदै बलिउड अभिनेत्री बनेकी सन्नी लियोनी पनि प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । 

बिहीबार अपरान्ह नेपाल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् ।

हल परिसरमा सन्नी पुग्दा लाखे नाच, पञ्चकन्या र पञ्चेबाजाले स्वागत गरिएको गियो । उनी प्रिमियरमा आउने थाहा पाएपछि उनका फ्यान पोखरा, विराटनगर र धरानदेखि समेत काठमाडौं आएका थिए । 

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । 

प्रतिक्रिया दिनुहोस