Safal Khabar - ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन सन्नी लियोनी नेपालमा
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन सन्नी लियोनी नेपालमा
बिहिबार, २६ भदौ २०७६, १९ : १२
‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन सन्नी लियोनी नेपालमा

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी बिहिबार नेपाल आएकी हुन् ।

‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए । निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ :३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि सन्नी अपरान्ह सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । 

प्रिमियर अगाडि कुमारी हलमा सन्नीले मिडिया साक्षात्कार गरेपछि फिल्म हेर्ने कार्यक्रम रहेको निर्देशक बस्नेतको भनाइ छ ।
शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । 
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । 
‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । 
अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । 
 

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस