हिरो नं.१ भोलि २७ गते शुक्रबारदेखि प्रदर्शनमा

विहीबार, २६ भदौ २०७६, १४ : ३६
हिरो नं.१ भोलि २७ गते शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं । नायक जय किशन बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं.१ भोलि २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ । यो चलचित्र उपत्यका भित्र र बाहिर गरी कुल ८५ वटा हलमा प्रदर्शनमा आउँन लागेको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।

मदन ताम्राकार कार्यकारी निर्माता तथा बिक्रम माङ्मु र बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र हिरो नंं १ निर्माण क्रममा नै व्यापक चर्चा भएकोले पनि दर्शकहरुले रुचाउँनेमा विशेष तरिकाले हेरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत हिरो नंं १ सफल हुनेमा उत्साही देखिन्छन् । 

प्रतिक्रिया दिनुहोस