विप्लवका छोरा प्रकाश चन्द छुटे

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०७६, ०८ : ३६
विप्लवका छोरा प्रकाश चन्द छुटे

चितवन । सरकारद्धारा प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् । उनिहरु बुधबार भएको प्रदर्शनका क्रममा चितवन मेडिकल कलेजबाट पक्राउ परेका थिए । 

उनीहरुलाई आउने सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । 

यसअघि पक्राउ परेका १७ जना मध्ये नौ जनालाई बुधबार साँझ नै अभिभावकको रोहबरमा प्रहरीले छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस