Safal Khabar - जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’
बिहिबार, ०२ असोज २०७६ (Thursday, 19 September, 2019)
जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’
बुधबार, २५ भदौ २०७६, १५ : १६
जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’

काठमाडौं – चर्चित हास्यश्रृखला ‘भद्रगोल’ अन्ततः फुटेको छ ।  कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’मार्फत अभिनयमा आएका छन् । 

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएको हो । अब आफूहरु सक्किगोनिमार्फत सिरियलमा आउने टीमका कलाकार मधुसुदन पाठकले जानकारी दिए । 

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । ‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग भएकाले उनीहरु फरक नाम सहित आएका हुन् ।

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस