ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले एक्स्टेन्सन काउण्टर र एटीएम राख्ने

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, २० : ३३
ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले एक्स्टेन्सन काउण्टर र एटीएम राख्ने

काठमाडौं । एन आई सी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटीएम ललितपुर जिल्ला अदालत परिसरमा संचालनमा ल्याउने सम्झौता भएको छ । 

एन आई सी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको हो । 

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस