बलिवुड नायिका रविना टण्डन छिट्टै हजुरआमा बन्दै

एजेन्सी

आइतबार, २२ भदौ २०७६, ११ : १६
बलिवुड नायिका रविना टण्डन छिट्टै हजुरआमा बन्दै

मुम्बई । बलिउडकी चर्चित नायिका रबिना टन्डन छिट्टै हजुरआमा बन्दैछिन् । 

उनले हालै आफ्नी छोरी छायाका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।

रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ हो रबिना टन्डन अब केही समयमा नै हजुरआमा बन्दैछिन् । हजुरआमा बन्न लागेकोमा रबिना अत्यधिक खुसी देखिन्छिन् ।

बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् ।

पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रबिना तपाईंले यो वास्तविक प्यासनसहित गर्नुभयो । तपाईं उत्कृष्ट तरिका र अत्यधिक मायासहित आफ्नी धर्मपुत्रीको बेबी सावर गरेको देखेर मन पग्लियो ।’

बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस