भर्जिनिटीको प्रश्नमाथि इलियानको प्रश्न : तपाइको आमा के गर्नुहुन्छ ?

एजेन्सी

विहीबार, १९ भदौ २०७६, १९ : ०३
भर्जिनिटीको प्रश्नमाथि इलियानको प्रश्न : तपाइको आमा के गर्नुहुन्छ ?

मुम्बई  । बलिउड अभिनेत्री इलियाना डिक्रुजले  फ्यानबाट जीवनसँग जोडिएका केही भद्दा प्रश्नको सामना गर्नु परेको छ । उनले हालै इन्स्टाग्राममा ‘आक्स मि एनिथिङ’ सेशन राखेकी थिइन् । उनको फ्यानसँग प्रश्न उत्तर चलिरहेको थियो । सोही क्रममा एक व्यक्तिले उनलाई भर्जिनिटीको बारेमा प्रश्न सोधे ‘तपाइले भर्जिनिटी कहिले गुमाउनुभएको थियो ?

प्रश्नको जवाफमा उनले भनिन् ‘तपाइको आमा के गर्नुहुन्छ ? त्यतिमात्र होइन उनले उक्त व्यक्तिको प्रश्न र आफ्नो जवाफ स्क्रिनसट गरेर सबै माझ शेयर समेत गरिन् ।  इलियानालाई यस्तो प्रश्नको सामना गर्नुपरेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस