पाँच वर्षिया बाल गायिका विशेषता पराजुलीको दशैँ गीत रातो टिका जमरा (भिडियोसहित)

विहीबार, १९ भदौ २०७६, १२ : ५४
पाँच वर्षिया बाल गायिका विशेषता पराजुलीको दशैँ गीत रातो टिका जमरा (भिडियोसहित)

काठमाण्डौँ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा ५ वर्षिया बाल गायिका विशेषता पराजुली  गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ”रातो टिका जमरा” गीतको भिडियो बजारमा आएको छ ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्य विचको भोगाई लाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागी आफनोे जन्मभुमीमा आउनको लागी गायक निकै आतुर रहेका छन । छोरीले आफनो हृदयको प्यारो बावु लाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेकी छन ।

छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । रविन बजगाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ ।

रातो टिका जमरा गीतको भिडियोमा विशेषता पराजुली, माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ  ।
 

 

प्रतिक्रिया दिनुहोस