नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १० : ५४
नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

काठमाडौँ । आइ.एम.इ.को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ । यस रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ । आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैया लागत रहेको छ ।

 ७ प्रदेशका मुख्य सहरहरु धनगढी , सुर्खेत , बुटवल , जनकपुर , इटहरी , पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा हरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिशन प्रवेश गरे  , जसमा निर्णायकहरुले फेरी पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए । 

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरी टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् । 

टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु रहेका छन् : बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही , शनि विश्वकर्मा (रोल्पा र सुशिल आचार्य (अर्घाखाँची) ।

प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे ए.पी.वान एच.डी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइ.एम.इ.नेपाल लोक स्टारको प्रथम पुरस्कार रु. ५० लाख रहेको छ , द्वितीय पुरस्कार रु. २५ लाख रहेको छ भने तृतीय पुरस्कार रु. १० लाख रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ । कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन् ।

डिशहोमको अशोसिएसन , सगरमाथा सिमेन्टद्वारा संचालित , लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित यस कार्यक्रमका भोटिङ पार्टनर आइ.एम.इ पे र ब्यान्किङ पार्टनर कृषि विकास बैंक रहेका छन् । यस कार्यक्रमका इन्सोरेन्स पार्टनर सिटीजन लाईफ इन्सोरेन्स , होटल पार्टनर होटल काठमाडौं इन् , ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी रहेका छन र प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रा.लि. आधिकारिक एजेन्सी रहेको छ ।

प्रतिक्रिया दिनुहोस