एउटै रूखले सडक निर्माणमा अवरोध

पत्रपत्रिकाबाट

मंगलबार, १७ भदौ २०७६, ०६ : ३८
एउटै रूखले सडक निर्माणमा अवरोध

बारा । वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ ।

एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत फागुनबाट सो व्यापारिक मार्गको निर्माण कार्य अवरुद्ध भएको हो ।

उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा ९छपान० लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भने, “वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको हो ।” गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस