गौहत्या प्रकरण : घटना लुकाउन खोजिँदै

पत्रपत्रिकाबाट

आइतबार, १५ भदौ २०७६, ०७ : २०
गौहत्या प्रकरण : घटना लुकाउन खोजिँदै

सांकेतिक तस्विर

काठमाडौँ । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । 
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजाने स्वीकृति दिएको थियो । 
नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएको मरेको दाबी गरेका छन् । तर स्थानीयले गाईलाई भीबाट खसालेर मारेको दाबी गरेका छन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस