काठमाडौं । प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ ।
विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ ।
प्रदेशमा बन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निश्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री रामनरेश रायले बताए । कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ भदौ २०७६, ०६ : ५५
लेखकबाट थप