आलिया भट्टमाथि चोरीको आरोप

एजेन्सी

विहीबार, १२ भदौ २०७६, १९ : १४
आलिया भट्टमाथि चोरीको आरोप

एजेन्सी । पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लगाएकी छिन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।

ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’

हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ ? बलिउडको एजेन्डा के हो ? कोही यिनीहरुलाई किन रोक्न सक्दैन ।’

उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस