काठमाडौँ । भुटानमाथि सहज जित निकाल्दै नेपाली युवा टोली यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।
आज भएको अन्तिम खेलमा भुटानमाथि ५–० को नतिजा निकाल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
नेपालको फाइनल यात्रामा प्रदिप लम्सालले दुई गोल गर्दा निराजन खत्री, असिम राई र कृष्ण सापकोटाले एक–एक गोल थपे ।
भारतस्थित कल्याणी रंगशालामा पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल गरेको हो । खेल सुरु भएको पाँचौं मिनेटमा नेपालका लागि प्रदिपले पहिलो गोल गरेका थिए । लगत्तै ४ मिनेटपछि निराजनले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल गर्दा ४८ औं मिनेटमा प्रदिपले टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा असिम राईले नेपाललाई ४–० को अवस्थामा पुर्याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा कृष्णले गोल गर्दै नेपालको जित ५–० ले सुनिश्चित गरे ।
जितसँगै फाइनलमा स्थान बनाएको नेपालले अब उपाधिका लागि शनिबार भारतसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
महिला लिग फुटबल : आर्मीलाई हराउँदै एपिएफको जित
खेलाडी संघको अवार्ड मिति सार्वजनिक
प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समिकरण पूरा
कोरोनाको कारण खेलकूदमा असर