काठमाडौं ।‘पासवर्ड’ मेकरले अझै पनि सन्नी लियोनी मोह त्याग्न सकेका छैनन्। फिल्मको गीतमा नचाएका मेकरले सन्नीलाई नचाए फिल्मले यत्तिकै हाइप पाउँछ भन्ने सोचेका थिए। तर, गीत रिलिज भएपछि यस्तो अवस्था कहीँ देखिएन।
अहिले फिल्मको ट्रेलरमा पनि सन्नीलाई जबर्जस्ती घुसाइएको छ, जबकि फिल्ममा उनी त्यही एउटा गीत र एकाध दृश्यमा छिन्। तर, मेकरले उनलाई मुख्य कलाकारभन्दा कम ठाउँ दिएका छैनन्। हुँदाहुँदा निर्माताले सन्नीलाई नेपालको प्रिमियरमा पनि बोलाएका छन्। सन्नी आफैँले जारी गरेको भिडियो सम्बोधनमा ११ सेप्टेम्बरमा हुने फिल्मको प्रिमियरमा काठमाडौँमा उपस्थित हुने बताएकी छिन्।
‘पासवर्ड’ निर्माताले सन्नीलाई भाउ त राम्रै दिएका छन् तर उनको भाउ नेपालमा कति छ, भदौ २७ मा थाहा हुन्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ भदौ २०७६, १७ : ०३
लेखकबाट थप