बलिउड नायिकाको साथी र सञ्जाल

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०७६, १९ : ५२
बलिउड नायिकाको साथी र सञ्जाल

दिशा पटानी
फिल्म इन्डस्ट्रीमा आएको धेरै भएको छैन। यस क्षेत्रमा मेरा केही नयाँ साथी बनेका छन्। नयाँ साथी बने भन्दैमा पुरानालाई बिर्सिएकी छैन। स्कुल पढ्दाताकादेखि मेरा चार जना साथी छन्। उनीहरूसँग अहिले पनि सम्पर्कमा छु र पछिसम्म पनि रहिरहनेछु। कामको व्यस्तताले गर्दा उनीहरूसँग नियमित भेटघाट हुँदैन। तर, सोसल मिडियाले हामीबीचको दूरी घटाउन मद्दत गरेको छ। सोसल मिडियामार्फत हामी एकअर्काको सम्पर्कमा रहन्छौँ।

सान्या मल्होत्रा
डिजिटल जमानामा हामी फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत चौबिसै घण्टा साथीभाइसँग जोडिएका हुन्छौँ। म सोसल मिडिया पर्सन हुँ। प्रायः एक्टिभ नै रहन्छु। तर, म च्याटिङभन्दा भेटेरै साथीभाइसँग कुराकानी गर्न मन पराउँछु। उनीहरूसँग फेस टू फेस कुरा गरेजस्तो आनन्द मोबाइलबाट च्याट गर्दा आउँदैन। इन्डस्ट्रीमा पनि मेरा थुप्रै साथी छन्। अपारशक्ति खुराना, फातिमा सना शेखलगायत मेरा साथी हुन्। ह्वाट्स एपबाट हामी एकअर्काका सम्पर्कमा रहन्छौं। आफ्नो बाल्यकालको साथीहरूको टोलीसँग पनि ह्वाट्स एपमार्फत सम्पर्कमा छु।

अनन्या पाण्डे
मेरा धेरैजसो साथी अमेरिका, लन्डनलगायत देशमा पढ्छन्। सामाजिक सञ्जालकै कारण उनीहरूसँग सम्पर्क गर्न सकिएको छ। हामी एकअर्काबारे अपडेटेड छौँ। उनीहरू के गरिरहेका छन् ? के कस्तो अवस्थामा छन् ? सबै कुरा मलाई थाहा हुन्छ। त्यसैले टाढिएको महसुस हुँदैन। स्न्यापच्याटबाट दिनहुँ उनीहरूसँग सम्पर्क भइरहन्छ। हामी सोसल मिडियाको समयमा जन्मियौँ। जसले हामीलाई टाढा भएर पनि नजिक महसुस गराएको छ। 

कंगना रनोट
ट्वीटर, फेसबुकमा सक्रिय छैन। तर, मान्छेहरू सामाजिक सञ्जालमार्फत एकअर्कासँग  जोडिएको देख्छु। म स्कुल पढ्दाताका सोसल मिडिया थिएन।  भएको भए म पनि आफ्नो स्कुलका साथीभाइसँग त्यसमार्फत जोडिएकी हुन्थेँ। हिमाचल प्रदेश, चण्डीगढबाट मैले पढाइ गरेँ। ठाउँ बदलिएपछि साथीभाइ पनि बदलिँदा रहेछन्। बलिउडमा काम गर्न थालेपछि नयाँ–नयाँ साथी बने। अनुराग बासु, अश्विनी अøयर, प्रसुन जोशीलगायत मेरा साथी हुन्। तर, इन्डस्ट्रीको मित्रता बाल्यकालको जस्तो हुँदैन। मस्ती–मजाकभन्दा पनि यसमा आदरभाव हुन्छ। साथीभाइसँग नभए पनि आफ्ना काका, ठूलबुबाका छोराछोरीसँग ह्वाट्स एपमार्फत जोडिएकी छु। हाम्रो ह्वाट्स एप गु्रप छ। त्यसबाट उनीहरूको हालखबर थाहा पाउँछु।

प्रतिक्रिया दिनुहोस