अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति माधव नेपालको असन्तुष्टि

पत्रपत्रिकाबाट

सोमबार, ०९ भदौ २०७६, ०७ : १०
अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौं । सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधारविना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरेका हुन्।

उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्वआँकलन गर्न नसकिएको तर्क गरे। फोहोर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्थाप्रति पनि असन्तुष्टी जनाए। नागरिकले यो खबर छापेको छ । 
 

प्रतिक्रिया दिनुहोस