एजेन्सी । ‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ ।
यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ ।
भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलीज भएको थियो ।
यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ भदौ २०७६, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘द कपिल शर्मा शो’ बन्द हुने
वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन
सुशान्त सिंहको सम्मानमा हुने भयो सडकको नामाकरण
बलिउडमा वर्दी लगाएर देखिएका अभिनेता, कुन फिल्म भयो हिट ?
नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्छ : मन्त्री मानन्धर
हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’