पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा अस्मिता कार्कीको बयान सुरू

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १६ : ०८
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा अस्मिता कार्कीको बयान सुरू

चितवन । चितवन जिल्ला अदालतमा पत्रकार पुडासैनी आत्महत्या पक्ररणमा मुछिएकी रुकु भनिने अस्मिता कार्कीको बयान सुरू भएको छ ।

अदालतको १ नम्बर बेन्चमा न्यायाधिशहरुले बयान लिइरहेका छन् । 

रबिसहित तीनजना विरूद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरूत्साहनमा मुद्दा दायर भएपछि अहिले बयान लिने काम भइरहेको छ ।

जिल्ला न्यायाधीस हेमन्त रावलको इजलासमा अभियुक्तहरूको बयान सुरू भएको हो ।

बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ । थुनछेक बहसपछिमात्रै रवि लामिछानेलगायतलाई साधरण तारेख, वा धरौटीमा छाड्ने वा थुनामा राख्न करागार पठाउने भन्ने बारेमा न्याधीसले आदेश गर्ने छन् ।

थुनछेक बहस आजज सुरू हुने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस