मोबाइल बैंकिङमा आकर्षण, एक वर्षमा साढे ३२ लाख ग्राहक थपिए

पत्रपत्रिकाबाट

आइतबार, ०८ भदौ २०७६, ०७ : १३
मोबाइल बैंकिङमा आकर्षण, एक वर्षमा साढे ३२ लाख ग्राहक थपिए

काठमाडौं । गएको एक वर्षमा मुलुकभर थप ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । यो करीब ६४ प्रतिशतको वृद्धि हो ।

०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए । ०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस