रवि लामिछानेलाई आईजीपीले भेटेपछि...

प्रहरीकै पूर्व अधिकारीहरु भन्छन्, –‘जिल्ला जिल्लामा घुम्दै थुनुवा भेटने काम आईजिपिको होइन’

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, १५ : ००
रवि लामिछानेलाई आईजीपीले  भेटेपछि...

काठमाडौं । प्रहरी आफैले खोजी गरिरहेका र अनुसन्धानमा राखेका ब्यक्तिलाई प्रहरीकै प्रमुख हाकिमले महत्वका साथ भेट्छन भने त्यसको अर्थ के लाग्ला ? अहिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथी उठेको प्रश्न हो यो ।

सरकारले हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिवन्ध लगाएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्यदेखि चितवन प्रहरीको अनुसन्धानमा रहेका रवि लामिछानेसम्मलाई महानिरीक्षक खनाल भेट्दै हिडन थालेका छन् ।

विप्लवका एक केन्द्रीय सदस्य गुणराज लोहनीसँग गुपचुप रुपमा प्रहरी प्रधान कार्यालय नक्साल छेउमै रहेको एक क्याफेमा भेटेर राज्यको नीति विपरित प्रतिवन्धित नेतालाई भेटेर विवादमा तानिएका खनाल अहिले चितवन पुगेर रवि लामिछाने भेटेपछि थप विवादमा तानिएका छन् ।

स्वतन्त्र रुपमा अनुसन्धान गर्न पाउने सम्वन्धित प्रहरी कार्यालयको कार्यक्षेत्रभित्र अदृश्य रुपमा हस्तक्षेप गर्नका लागि त कतै प्रहरी महानिरीक्षकले चितवन पुगेर हिरासतमा रविलाई भेटेका त होइनन ? अहिले उनको र रविको भेटवारे अनेक प्रश्न उठन थालेको छ ।

खनालले आफु जिल्ला भ्रमणमा निस्केको र चितवन हुदै पश्चिम क्षेत्रको प्रहरी कार्यलयको निरिक्षण भ्रमणमा रहेका वेला चितवन प्रहरी कार्यालय निरिक्षणका क्रममा रविसँग भेट गरेको आफ्ना मातहातका प्रहरी अधिकृतहरुलाई वताउन थालेका छन् । तर उनको चितवन प्रहरी कार्यालय निरीक्षणको कुनै कार्यक्रम वनेको थिएन । उनले रविलाई भेटनकै लागि त्यहा कार्यलय निरीक्षणमा पुगेको तर्क गर्न थालेको वताइन्छ । प्रहरी महानिरीक्षक भएयता उनका केही रहस्यमय निर्णय र कदमले राज्यलाई नै झस्काईरहेको छ ।

गत चैत ७ गते उनले थाइल्यान्डको वैककमा भएको वहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि वंगालको खाडी राष्टहरुको प्रयास (विमस्टेक) राष्टका सुरक्षा प्रमुखहरुको वैठकमा नेपालको परराष्ट नीति उल्लंघन गदै भारतीय सुरक्षा सल्लाहकार अजित डोभलको प्रस्तावलाई अनुमोदन गरेका थिए । क्षेत्रीय मञ्चवाट भारतीय रणनीतिलाई समार्थन जनाएका थिए । उनी यो विषयमा अझै पनि विवादित वनिरहेका छन् ।

केन्द्य्रवाटै आफनो स्वोच्छाचारिता लाद्ने प्रयास गरेका कारण तत्लो तहमा निर्वाध काम गर्न नदिएको आरोप पनि प्रहरी संगठनभित्र उनलाई लाग्दै आएको छ । चितवन पुगेर रविलाई उनले भेटनुको अर्थ पनि त्यही हुन सक्ने आशंका गरिएको छ । उनले रविलाई भेटेर अनुसन्धानमा सघाउ पु¥याउन आग्रह गरेको तर्क निकटहरुसग गरिरहेका छन् ।

तर पनि उनको जिल्ला जिल्ला पुगेर अनुसन्धानमा रहेका थुनुवालाई भेटदै हिडने कदमलाई भने धेरैले आश्र्चयका रुपमा लिएका छन् । आफु मातहात निकायले गरिरहेको अनुसन्धानमाथी अदृश्य हस्तक्षेपका रुपमा लिन सकिने सुरक्षा क्षेत्रका जनकारहरु वताउँछन् ।

‘आईजीले जिल्ला जिल्ला पुगेर थुनुवा भेट्दै हिडने होइन’, प्रहरीका एक पूर्वअधिकारी भन्छन्, –‘यो आईजिपीलाई सुहाउने विषय होइन । जवाफ देही हुनुपर्ने ब्यक्तिले जथाभावी मान्छे भेट्दै हिडने होइन ।’

प्रतिक्रिया दिनुहोस