शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, १२ : ४२
शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियोसहित)

चितवन । गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ ।

अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन ।

भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।
 

 

प्रतिक्रिया दिनुहोस