सालिकराम मृत्यु प्रकरणः २ जनाको बयान सकियो

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १९ : ५९
सालिकराम मृत्यु प्रकरणः २ जनाको बयान सकियो

चितवन । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा पक्राउ परेका २ जनाको बयान सकिएको छ । राति अबेर साढे ७ बजे युवराज कंडेल र अस्मिता कार्किको बयान सकिएको जनाईएको छ । स्रोतका अनुसार सरकारी वकिलको कार्यलयमा उनिहरुको बयान लिईएको थियो । 
रवि लामिछानेको भने भोली मात्रै बयान लिईने स्रोतले जनाएको छ । उनको मंगलवार साँझ ५ बजेभित्र बयान सकाउने तयारी रहेको छ । 
बयानका क्रममा उनीहरुले के कुरा बताए भन्ने कुरा भने सार्वजनिक गरीएको छैन । सोहि बयानपछि तिनै जनालाई म्याद थप गरी अनुसन्धान गर्ने वा छाड्ने भन्ने विषयमा मंगलवार मात्रै निर्णय लिईने बताईएको छ । 
उनिहरु तिनै जनालाई दिउँसो सरकारी वकिलको कार्यालय लगीएको थियो । जिल्ला प्रहरी कार्यालयको अगाडीको रोड चौविसकोठीबाट मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरीएको थियो ।
s

प्रतिक्रिया दिनुहोस