बलिउडकी चर्चित नायिका विद्या सिन्हाको निधन

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, ०८ : ३५
बलिउडकी चर्चित नायिका विद्या सिन्हाको निधन

काठमाडौं । बलिउडकी चर्चित नायिका विद्या सिन्हाको निधन भएको छ । उनको ७१ वर्षको उमेरमा उपचारका क्रममा बिहिबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो ।

केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । फोक्सो तथा मुटुमा गम्भिर समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बिहिबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ७० तथा ८० को दशककी उनी बलिउडकी चर्चित अभिनेत्री थिइन् । ’छोटी सी बात’, ’रजनीगन्धा’, पति पत्नी और वो’, मुक्ती’ जस्ता सिनेमा उनको हिट थिए ।

प्रतिक्रिया दिनुहोस