‘सोच’को ट्रेलरमा पुजनको एक्सन, निता र प्रज्वलको प्रेम

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, १८ : ५३
‘सोच’को ट्रेलरमा पुजनको एक्सन, निता र प्रज्वलको प्रेम

काठमाडौं । एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्रेलरमा एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् ।सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । 
उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले वितरण गर्दैछ । 

 

प्रतिक्रिया दिनुहोस