यी हुन् ऐश्वर्या रायले गलत फैसला गरेकी सात कुरा

बुधबार, २९ साउन २०७६, १२ : ५०
यी हुन् ऐश्वर्या रायले गलत फैसला गरेकी सात कुरा

एजेन्सी । विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । ४० वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ । 

अभिषेक बच्चनसँग विहे गरेपछि फिल्मी दुनियाँबाट केही पर रहेकी ऐश्वर्या समय समयमा सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । उनले आफ्नो फिल्मी करियरमा पनि निकै उतारचढाव भोगेकी छिन् । साथै, जीवनका मोडहरुमा थुप्रै गलग फैसला पनि लिएकी थिइन् । प्रेम जीवनमा मात्र होइन उनले करियरको सम्बन्धमा पनि थुप्रै पटक गलत फैसला लिएकी थिइन् । 

-सन् १९९६ मा रिलीज भएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा लिड भूमिकाको लागि करिश्मा कपूरभन्दा पहिले ऐश्वर्यालाई अफर गरिएको थियो । तर, उनले उक्त प्रस्तावलाई अस्विकार गरिन् । पछि फिल्म सुपरहिट भयो ।

-सन् १९९८ मा सुपरहिट ब्लकबस्टर फिल्म ‘कुछ कुछ होला है’ को लागि ऐश्वर्यालाई अफर गरिएको थियो । तर, ऐश्वर्याले अस्विकार गरिन् । उनको रोलमा रानीलाई लिइयो । फिल्म र रानी दुवै सुपरहिट भए ।

-सन् २००१ मा आएको फिल्म ‘अशोका’ का डाइरेक्टरको पहिलो रोजाइ ऐश्वर्या थिइन् । तर ऐश्वयालाई उक्त फिल्ममा काम गर्न मन लागेन । फिल्ममा लिड रोलमा करिना कपूरलाई लिइयो ।

-सन् २००३ मा रिलीज भएको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा लिड रोलको लागि सबैले शाहरुख खान र ऐश्वर्या रायको जोडीलाई मन पराएका थिए । तर दुवैले फिल्म खेलेनन् । 

-सन् २००६ मा रिलीज भएको फिल्म ‘करपोरेट’ मा ऐश्वर्याले साइन गर्ने चर्चा चलेको भएपनि विपाशाले रोल निभाइन् । 

-हरर फिल्म ‘भूल भुलैया’ मा निर्देशकको पहिलो राजाई ऐश्वर्या थिइन् । उनले अस्विकार गरेपछि विद्या बालनलाई लिइयो ।

-केहि समयअघि मात्रै रिलीज भएको फिल्म ‘बदलापुर’ को लागि ऐश्वर्यालाई कास्ट गरिएको थियो । तर उनले फिल्म खेल्न मानिनन् । 

ऐश्वर्याले जीवनमा थुप्रै त्यस्ता फिल्म खेल्न अस्विकार गरिन् । जुन निकै सुपरहिट भए । फिल्म नखेल्ने गलत फैसलाले उनको करियरमा पनि निकै असर पारेको छ । 

प्रतिक्रिया दिनुहोस