आलिया र रणबीरको जोडीप्रति आलियाका सौतेनी दाइ राहुलको यस्तो प्रतिक्रिया

एजेन्सी

मंगलबार, २८ साउन २०७६, १४ : १९
आलिया र रणबीरको जोडीप्रति आलियाका सौतेनी दाइ राहुलको यस्तो प्रतिक्रिया

एजेन्सी । आलिया भट्टका सौतेनी दाइ राहुल भट्टले रणबीर कपुरसँग उनको विवाहको खबरबारे मुख खोलेका छन् । बलिउड फिल्ममा ठूल्ठूला कलाकारलाई फिटनेसको तालिम दिने राहुल भट्टले निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । राहुलले यदि उनलाई बोलाएको खण्डमा आफू पक्कै पनि विवाहमा जाने तर आलिया र उनको जीवनमा कुनै लेनदेन नभएको बताएका छन् । महेश भट्ट र किरण भट्टका छोरा राहुल भट्ट आलियाका सौतेनी दाइ हुन् ।

राहुलले भने, ‘उनी मेरो सौतेनी बहिनी हुन् । म उनीसँग बस्दिनँ । मलाई उनको जीवनबारे खासै केही थाहा छैन । यद्यपि, म यो जोडी (रणबीर–आलिया) लाई मनपराउँछु । यदि उनले मलाई विवाहमा बोलाउँछिन् भने निश्चित रुपमा म जानेछु ।’

राहुल भट्टको यो बयानबाट स्पष्ट हुन्छ कि महेश भट्ट र सोनी राजदानको परिवारसँग उनकी जेठी श्रीमती किरण भट्टका छोरासँग खासै झुकाव छैन ।
 

प्रतिक्रिया दिनुहोस