बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको जबरजस्त एक्सन

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : ५१
बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको जबरजस्त एक्सन

काठमाडौं । सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ट्रेलर शनिबार सार्वजनिक भयो । यसमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभास एक अन्डरकभर एजेन्टको भूमिकामा छन् । २०१७ अप्रिलमा प्रभासको पछिल्लो फिल्म 'बाहुबली २' रिलिज भएको थियो । उनी दुई वर्षपछि पर्दामा फर्किन लागेका हुन् । यो फिल्ममा प्रभास एक अण्डरकभर एजेन्टको भूमिकामा देखिएका छन्, जसमाथि मिसन मुम्बईमा भएको २ हजार करोड रुपैयाँ चोरीको घटना पत्ता लगाउने जिम्मेवारी छ।

फिल्ममा अभिनेत्री श्रृद्धा कपुर क्राइम ब्रान्च अफिसर अमृता नैय्यरको भूमिकामा छिन्। फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश खलनायकको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस